गत महिना श्रावणमा राजस्व ९ प्रतिशत बढ्यो, खर्च घट्यो

गत महिना श्रावणमा राजस्व ९ प्रतिशत बढ्यो, खर्च घट्यो

सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • images

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना श्रावणमा सरकारको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा करिब ९ प्रतिशतले बढेको छ। खर्च भने करिब १० प्रतिशत घटेको छ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको श्रावणमा सरकारले ९२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक राजस्व लक्ष्यको ५.८४ प्रतिशत हो। गत वर्षको श्रावणमा सरकारले ८४ अर्ब ४७ करोड रुपैयाँ राजस्व उठाएको थियो।

    चालु आर्थिक वर्षमा कुल राजस्व लक्ष्य १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राखिएको छ। श्रावणमा संकलित राजस्वमध्ये ८५ अर्ब १९ करोड रुपैयाँ कर र ७ अर्ब ३ करोड रुपैयाँ गैरकर राजस्वबाट उठेको छ। कर राजस्व गत वर्षको तुलनामा ५.६ प्रतिशत बढेको हो।

    सरकारको कुल प्राप्ति भने साउनसम्म ९३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल प्राप्ति ८५ अर्ब २० करोड रुपैयाँ थियो। कुल प्राप्तिमा राजस्वसँगै अनुदान र अन्य प्राप्तिसमेत समावेश छन्।

    खर्चतर्फ चालु आर्थिक वर्षको साउनमा सरकारले ४१ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ। यो कुल बजेटको १।९७ प्रतिशत हो। गत वर्षको साउनमा ४६ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको थियो।

    चालु वर्षको साउनमा भएको खर्चमध्ये २१ अर्ब ४० करोड रुपैयाँ चालु खर्च, १ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत खर्च र १९ अर्ब १५ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ।

    गत वर्षको सोही अवधिमा चालु खर्च १८ अर्ब ४८ करोड, पुँजीगत खर्च ७२ करोड ६३ लाख र वित्तीय व्यवस्थातर्फ २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो।

    यस वर्ष कुल खर्च घट्नुको मुख्य कारण वित्तीय व्यवस्थातर्फको खर्चमा आएको कमी हो। गत वर्षको तुलनामा चालु र पुँजीगत खर्च भने बढेको देखिन्छ। पुँजीगत खर्च बढे पनि साउनमै विकास बजेट कार्यान्वयनको गति भने निकै न्यून छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend