विपद्को समयमा हवाई भाडा नबढाउन प्राधिकरणको निर्देशन

विपद्को समयमा हवाई भाडा नबढाउन प्राधिकरणको निर्देशन

ट्याक्स खबर
बुधवार, भाद्र १० २०८३
ट्याक्स खबर
बुधवार, भाद्र १० २०८३
  • images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हवाई भाडा नबढाई यात्रुलाई टिकट उपलब्ध गराउन हवाई सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ।

    प्राधिकरणले हवाई भाडाको उच्चतम सीमाभन्दा कम तथा हाल कायम रहेको भाडादर नबढ्ने गरी टिकट उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको हो।

    तिब्बततर्फबाट आएको बाढीका कारण काठमाडौं बाहिरिने कतिपय प्रमुख राजमार्ग असुरक्षित भएपछि बन्द गरिएका छन्। सडक यातायात अवरुद्ध हुँदा राजधानीबाट बाहिरिने यात्रुको चाप हवाई सेवातर्फ बढ्न सक्ने भएकाले प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई भाडा नबढाउन र टिकट सहज रूपमा उपलब्ध गराउन भनेको हो।

    प्राधिकरणले विपद्को अवस्थामा सर्वसाधारणको आवागमन सहज बनाउन नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयर, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई निर्देशन दिएको छ।

    सडकमार्ग अवरुद्ध भएको अवस्थाको फाइदा उठाउँदै हवाई टिकटमा अस्वाभाविक मूल्य वृद्धि हुन नदिन प्राधिकरणले निगरानीसमेत बढाएको जनाएको छ।

    प्राधिकरणले यात्रुको चाप बढे पनि हालको परिस्थितिलाई ध्यानमा राखी हवाई सेवा सहज, नियमित र सर्वसुलभ बनाउन वायुसेवा सञ्चालकहरूलाई आग्रह गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend