सिक्लेस हाइड्रोपावरले घोषणा गर्‍यो लाभांश, १२.७०६ प्रतिशत बोनस शेयर

सिक्लेस हाइड्रोपावरले घोषणा गर्‍यो लाभांश, १२.७०६ प्रतिशत बोनस शेयर

ट्याक्स खबर
मंगलवार, आश्विन २० २०८३
ट्याक्स खबर
मंगलवार, आश्विन २० २०८३
  • images

    काठमाडौं।  सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    कम्पनीको असोज १९ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७०६ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

    यसअनुसार कम्पनीले बोनस शेयरमार्फत चुक्ता पुँजी वृद्धि गर्ने तथा कर प्रयोजनका लागि आवश्यक नगद लाभांश उपलब्ध गराउने प्रस्ताव गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend