एमआरपी बिना सामान बेच्दा फ्लो टेक इन्टरप्राइजेजलाई २ लाख २५ हजार जरिवाना

एमआरपी बिना सामान बेच्दा फ्लो टेक इन्टरप्राइजेजलाई २ लाख २५ हजार जरिवाना

आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको एक फर्मलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) नलेखी कारोबार गरेको भन्दै कारबाही गरेको छ। विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित फ्लो टेक इन्टरप्राइजेज प्रालि लाई २ लाख २५ हजार रुपैयाँ जरिवाना तिराएको हो।
    विभागका अनुसार सो कम्पनीले फर्निसिङ, कार्पेट, पर्दा लगायतका सामग्रीमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने एमआरपी नराखी बिक्री गर्दै आएको पाइएको थियो। उपभोक्ता अधिकार उल्लंघन गर्दै कारोबार गरेको प्रमाणित भएपछि तत्काल जरिवाना गरिएको विभागले जानकारी दिएको छ। शुक्रबार गरिएको अनुगमनमा विभागले १४ वटा उद्योग तथा फर्म निरीक्षण गरेको थियो।
    तीमध्ये ४ वटा फर्मलाई तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने ९ वटालाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
    विभागले उपभोक्ताको हित संरक्षण गर्न नियमित अनुगमन र निगरानीलाई तीव्र बनाएको जनाएको छ। साथै, व्यवसायीहरूलाई कानुनी दायित्व पालना गर्न पनि विभागले चेतावनी दिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend