काठमाडौं। गत आर्थिक वर्ष ०८१/८२ मा विदेश पढ्न जाने विद्यार्थी सँगै १ खर्ब ३८ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका हुन्।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढीले विदेश पढ्न जाने विद्यार्थीले उक्त पैसा विदेश लगेका छन्।
त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेश भ्रमण गर्न जाने नागरिकले ८५ अर्ब २४ करोड रुपैयाँ विदेशमा खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा, गत आर्थिक वर्षमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भएर ८८ अर्ब ६६ करोड पुगेको छ। तर, खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।


