हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व संकलन

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व संकलन

मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • images

    ताप्लेजुङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू संख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ संकलन भएको जनाएको छ । 

    ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा  हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट एक करोड ९७ हजार ४६० राजस्व संकलन भएको छ ।  

    संखुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट एक करोड ६२ लाख ६९ हजार ४८० संकलन भएको छ । विश्वको अग्लो सगरमाथा हिमालमा ३०२  र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए । यसबाट ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको छ । 

    यस याममा २३ हिमाल तथा पिकको सफल आरोहण गरिएको थियो । जसमा ६७८ पुरुष र १९१ महिला गरी ८६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकको सफल आरोहण गरेको पर्यटन विभागको तथ्यांक छ । यसबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व संकलन भएको विभागले जनाएको छ ।

    नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० सबैभन्दा अग्ला हिउँ चुचुरा यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ । 

     

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend