दुग्ध किसानको आन्दोलन स्थगित, बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति

दुग्ध किसानको आन्दोलन स्थगित, बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति

ट्याक्स खबर
बिहिवार, भाद्र १९ २०८२
ट्याक्स खबर
बिहिवार, भाद्र १९ २०८२
  • images

    काठमाडौं। आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच सहमति भएको छ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसनका पदाधिकारीबीच ६ बुँदे सहमति भएको हो ।

    यसैबीच दुग्ध किसानलाई कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन रोकिएको छ । सहमति अनुसार २०७८ यता बाँकी रहेका बक्यौता क्रमशः भुक्तानी गरिनेछ।

    २०८२ असार मसान्तसम्मको बाँकी रकम २०८२ असोज ५ गतेभित्र, साउन मसान्तसम्मको २०८२ असोज ३० गतेभित्र र भदौ मसान्तसम्मको रकम कात्तिक मसान्तभित्र भुक्तानी गरिनेछ। त्यसपछि अन्य बाँकी रकम नियमित रूपमा भुक्तानी गरिनेछ र उद्योगहरूले पनि समयमै भुक्तानी गर्नुपर्ने सहमति भएको छ।

    साथै, सहकारी संघ–संस्थाबाट लिइँदै आएको दूधको परिमाण नघटाउने, नियमित रूपमा दूध खरिद गर्ने र सरकारले तोकेको न्यूनतम मूल्यमा देशभर उद्योगहरूबाट दूध खरिद गराउने सहमति पनि भएको छ।

    सहमति कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना, केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनका पदाधिकारीबीच भएको हो।

    केही दिनदेखि डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ र नेपाल डेरी एसोसिएसनले बक्यौता भुक्तानीको माग गर्दै आन्दोलन गर्दै आएका थिए। दसैंअघि किसानले भुक्तानी पाउने पक्का भएपछि उनीहरूले आन्दोलन स्थगन गरेका हुन्।

    डीडीसीले मात्र किसानलाई तिर्नुपर्ने बक्यौता करिब १ अर्ब रुपैयाँ रहेको छ। २०७८ यता डीडीसीले अर्थ मन्त्रालयबाट १ अर्ब २५ करोड रुपैयाँ ऋण लिए पनि सुक्खा सिजनमै किसानको भुक्तानी बाँकी रहँदै आएको किसानहरूको गुनासो छ।

    सरकारी तथा निजी डेरी उद्योगहरूले किसानको झन्डै ३ अर्ब रुपैयाँ बराबरको बक्यौता अझै तिर्न बाँकी छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend