जेन–जी प्रदर्शन : प्रधानमन्त्रीको गृहक्षेत्र दमकमा गोली चल्यो

जेन–जी प्रदर्शन : प्रधानमन्त्रीको गृहक्षेत्र दमकमा गोली चल्यो

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • images

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र दमकमा प्रहरीले गोली चलाएको छ । जेन–जीहरूको प्रदर्शन उग्र बनेको भन्दै प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

    प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । जेन–जी प्रदर्शनका कारण अहिले दमक तनावग्रस्त बनेको छ ।
    आज बिहान ११ बजे दमकस्थित आकाशे पुलबाट सुरु भएको जेन–जी प्रदर्शन दमक नगरपालिका कार्यालय पुगेको थियो । प्रदर्शनकै क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले दमक नगरपालिका अगाडि अवस्था तनावग्रस्त बनेको बताए ।

    नगर परिसरमा तोडफोडको प्रयास भइरहेको खबर आएको र आफू घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । दमकमा गोली चलेको सन्दर्भमा भने थप बुझ्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

    झापाको विर्तामोड र दमकमा यतिबेला जेनजी प्रदर्शन जारी छ । जेन–जीले प्रधानमन्त्रीकै गृहक्षेत्रमा प्रधानमन्त्रीविरुद्ध ओलीका विरुद्ध नारा लगाएका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend