ललितपुरका विभिन्न स्थानमा बिहानैदेखि कर्फ्यु

ललितपुरका विभिन्न स्थानमा बिहानैदेखि कर्फ्यु

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • images

    काठमाडौँ- स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। 

    मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। 

    सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। सरकारी दमनकाे  बिराेधमा हुनसक्ने प्रदर्शनलाई राेक्नकाे लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे हाे।

    सूचना अनुसार ललितपुर महानगरपालिकाको वडा नम्बर २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कर्फ्यु लगाइएको छ। यी क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ। 

    त्यसैगरि ललितपुर महानगरको वडा नम्बर ४, ५, १५ र २४ को भैँसेपाटी क्षेत्र, वडा नम्बर २ सानोपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नम्बर १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    Lalaitpur CDO Letter.jpg
    undefined

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend