पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा

पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • images

     काठमाडौं । कर्फ्यु अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफन्तहरुले सरकारको विरोध गर्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् । तीमध्ये केही पक्राउ परेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।

    नयाँबानेश्वरको संसद भवन अगाडि र वरपरको क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । उनीहरु सडक बन्द गराउने ब्यारिकेड लगाएर बसेका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend