कृषिमन्त्री अधिकारीले दिए राजीनामा

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

ट्याक्स खबर
मंगलवार, भाद्र २४ २०८२
ट्याक्स खबर
मंगलवार, भाद्र २४ २०८२
  • images

    काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

    २०८१ असार ३१ गते मन्त्री बनेका अधिकारीले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत सरकारको हालको दमनकारी शैलीप्रति आपत्ति जनाउँदै पद त्यागेको घोषणा गरेका हुन्।

    उनले साेमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएको विद्यार्थी आन्दोलनमा सरकारको बल प्रयोग, दमन र हत्या लोकतान्त्रिक मूल्यविरुद्ध भएको बताएका छन्।अधिकारीले शान्तिपूर्ण आन्दोलनलाई ‘युद्ध’सरह लिएको र स–साना बालबालिकासहितको जनदमन अस्वीकार्य भएको उल्लेख गर्दै त्यसप्रति मौन रहन आफू असमर्थ भएको बताएका छन्।

    “देशलाई शोकाकुल पार्ने हत्या र दमनपश्चात सरकारमा बसिरहनु मेरो नैतिकता र दलले दिएको शिक्षाविपरीत हुने भएकाले राजीनामा दिएको छु,” उनले भनेका छन्।

    लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्मरण गर्दै उनले सरकार अलोकतान्त्रिक अभ्यासतर्फ उन्मुख भएको चेतावनी दिएका छन्।

    अधिकारीले नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहासप्रति गर्व व्यक्त गर्दै “नेता भन्दा माथि जनता” भन्ने चेतना विकास हुनु लोकतन्त्रको आधार हो भन्ने अभिव्यक्ति दिएका छन्।

    धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रहेका उनी कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी थिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend