शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थाले

शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थाले

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • images

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।

    उच्च सुरक्षा स्रोतले बताएअनुसार, यसमा चारवटै सुरक्षा निकाय परिचालित छन् । बालुवाटारसहित विभिन्न स्थानमा पटकपटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको एक उच्च अधिकृतले बताए ।

    ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत तनावको स्थिति सिर्जना भएको छ,’ ती अधिकृतले भने, ‘यस्तोमा उहाँहरुको सुरक्षा गर्नु हाम्रो दायित्व पनि हो ।’

    भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले बताएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् । त्यसअघि नै परिस्थिति नियन्त्रणबाहिर पुगिसकेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend