भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझी भागे

भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझी भागे

ट्याक्स खबर
बुधवार, भाद्र २५ २०८२
ट्याक्स खबर
बुधवार, भाद्र २५ २०८२
  • images

    काठमाडौँ। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवलबाट भागेका छन्‌ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका उनी सेन्ट्रल जेलबाट भागेका हुन् ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो देश पठाउने भन्दै रायमाझी समेतको गिरोहले प्रतिव्यक्ति लाखौँ रकम असुलेको थियो । तर, सरकारले दमन गरेपछि मङ्गलबार उग्र बनेको जेन-जी प्रदर्शनका क्रममा अराजक भिडले सेन्ट्रल जेलमा आक्रमण गर्दा करिब ३३ सय कैदीबन्दीसँगै रायमाझी पनि भागेका हुन्‌ ।

    सेन्ट्र्रल जेलमा रहेका ३८ सय कैदीबन्दीमध्ये अब ५०० जतिमात्र बाँकी रहेको छन् । यस्तै टोपबहादुरसँगै भागेका करिब ५० कैदीबन्दी भने कारागारमा फर्किइएका कारागार प्रशासनले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend