जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन

जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन

बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्ला घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

    प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको परिस्थिति असहज भएकाले सहज र छिटो दाबी भुक्तानी गर्न भनेको हो । 
    गत सोमबारदेखि जेनजीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनको पहिला दिन सोमबार करिब २० युवा तथा विद्यार्थीको मृत्यु भयो । त्यसपछि अक्रोसित जेनजी समूहले मंगबार देशैभरि आक्रमण, तोडफोड र आगजनी गरेको अवस्था छ । प्रदर्शनकारीले देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबारसहित अधिकांश सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

    सरकारी तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनीबाट अर्बौं रुपैयाँ बारबर नोक्सानी भएको छ । यसरी भएको क्षतिमा बिमितको धनसम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो ।

    प्राधिकरणले कुन–कुन शीषर्कमा माग दाबी आएको हो, त्यसको समयमा विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । 
    प्राधिकरणले सम्पत्ति, निजी तथा सार्वजनिक गाडी, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र विविध शीर्षकका बीमालेखमा आएका दाबीको छिटो र सहज भुक्तानी गर्न निर्देशन दिएको हो ।

    साथै, प्राधिकरणले पछिल्लो परिस्थितिका कारण भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा नियमित गर्नसमेत कम्पनीहरूलाई निर्देशन दिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend