जेनजी आन्दोलन

१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा क्षतिग्रस्त

१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा क्षतिग्रस्त

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहतका १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जलेर नष्ट भएका छन् ।

    अर्थ मन्त्रालयका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको छ ।
    क्षति हुँदाहुँदै भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गर्न नसकिए पनि अनलाइनमार्फत भने राजस्व संकलन भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

    पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेको बताइएको छ । 

    त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ ।
    भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।

    विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति भएको छ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा काठमाडौंको आन्तरिक राजस्व कार्यालयहरू भने सुरक्षित रहेका छन् । 

    भन्सारको अनलाइन प्रणाली आशिकुडा र आन्तरिक राजस्वको प्रणाली आईएसपी सुरक्षित रहेकाले कर संकलन सुचारु गर्न सकिने उनले बताए ।

    अर्थ मन्त्रालयअन्तर्गत मुख्य भवन बाहिर रहेको बजेट महाशाखाको एउटा सानो भवन पूर्णरूपमा जलेको छ ।
    मन्त्रालयको मूल भवन आगलागीबाट जोगिए पनि १५ वटा जति गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएको उनले बताए ।

    नयाँ सरकार आएसँगै अर्थ मन्त्रालयका सम्पूर्ण काम सुचारु गर्ने गरी तयारी थालिएको प्रवक्ता पाण्डेले बताए ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend