दसैंको मुखको भएको आन्दोलन र लुटपाटले व्यवसाय चौपट भयोः व्यवसायी

दसैंको मुखको भएको आन्दोलन र लुटपाटले व्यवसाय चौपट भयोः व्यवसायी

शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • images

    काठमाडौं । जेनजी आन्दोलनमा भएको अराजक गतिविधिले मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् ।

    भ्रष्टाचार नियन्त्रणको माग गर्दै जेनजी पुस्ताले गरेको आन्दोलन ठीक भए पनि त्यसमा भएको घुसपैठले सार्वजनिक तथा निजी सम्पत्तिको ठूलो क्षति भएको भन्दै व्यवसायीहरू चिन्तित बनेका हुन् ।

    आन्दोलनका क्रममा लुटिएका तथा आगजनीमा परेका भौतिक सम्पतिको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ । 

    न्युरोडका कपडा व्यवसायीहरूले दसैंको मुखमा व्यवसाय सखाप भएको तथा नयाँ सामान ल्याउन तातोपानी र रसुवा भन्सारमा सहज नभएकाले पीडामा परेको बताए ।

    राज्यसंरचनासमेत ध्वस्त भएकाले सरकारलाई भन्ने अवस्थासमेत नरहेको भन्दै आफूहरूमा अन्योलता बढेको एक व्यवसायीको भनाइ छ ।

    ‘हामी व्यवसायीलाई ठूलै धक्का परेको छ । अब यो सरकारले गर्छ कि कसले गर्छ हामीलाई बुझिदिनुपर्छ । दसैं नजिक आइसकेको छ । यो समयमा हामी एकदमै पीडामा छौं । बाहिरबाट ल्याउन लागेको सामान पनि नाकामा बगाइदियो । अब अहिले सामान ल्याउनको लागि भन्सार बन्द छ । राज्यको संरचना पनि ध्वस्त छ,’ उनले भने ।

    जेन–जी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन गरेर मुलुकलाई अगाडि लैजानुपर्ने उनीहरूको माग छ । संविधानको आवश्यक पुनरावलोकन गरेर प्रत्यक्ष कार्यकारीमा जाने व्यवस्था गर्नुपर्ने अर्का कपडा व्यवसायीको माग छ ।

    भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलनमा करिब ३ दर्जन व्यक्तिको मृत्यु तथा सिंहदरबारलगायत राज्यका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ भने व्यवसायीमाथि आक्रमण भएको छ । कयौं व्यवसायीक प्रतिष्ठानमा आगजनी गरिएका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend