सरकारले मृतकका परिवारलाई १० लाख दिने

सरकारले मृतकका परिवारलाई १० लाख दिने

ट्याक्स खबर
आइतवार, भाद्र २९ २०८२
ट्याक्स खबर
आइतवार, भाद्र २९ २०८२
  • images

    काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र आन्दाेलनमा मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। 

    मुख्यसचिव एकनारायण अर्यालका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । उनलरे भने ‘अहिले धेरै सरकारी कार्यालयहरू ड्यामेज छन् । मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् । बजेट र प्राथमिकताका आधारमा पुननिर्माणको आवश्यकता छ।’ 

    उनले आगजनी र तोडफोड हुन बाँकी रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि कार्ययाेजना बनाएर अघि बढ्नुपर्ने र सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend