दसैँका लागि कहाँ कहाँ खुले सहुलियत पसल ? कुन कुन वस्तुमा कति पाइन्छ छुट ?

दसैँका लागि कहाँ कहाँ खुले सहुलियत पसल ? कुन कुन वस्तुमा कति पाइन्छ छुट ?

सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • images

    काठमाडौं । सरकारले यो वर्षको दसैँतिहारलक्षित सहुलियत पसल सोमबार (भदौ ३०)देखि सञ्चालनमा ल्याएको छ ।

    काठमाडौं उपत्यकाका चार र देशभरका १११ बिक्री केन्द्रबाट सहुलियत पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री वितरण विभागका प्रबन्धक भीम थापाले बताए ।

    “हामीले सर्वसाधारणलाई सहज होस् भनेर दसैँलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा ल्याएका छौँ,” उनले भने, “काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र दक्षिणकालीबाट आजबाट सहुलियत पसल सुरु गरेका हौँ ।”

    ललितपुरको गोदावारी र भक्तपुरको चाँगुनारायणमा पनि एक/दुई दिनमा सहुलियत पसल सञ्चालन गरिने उनले बताए । सहुलियत पसलमा हरेक सामानमा प्रतिकेजी पाँचदेखि १० रुपैयाँसम्म छुट पाइने उनले जानकारी दिए ।

    सहुलियत पसलमा चामल, दाल, गेडागुडी, चिनी, नुन, मसलालगायत सामान खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend