काठमाडौं । नयाँ ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले आफ्नो पहिलो औपचारिक निर्णयको रूपमा नेपाल विद्युत प्राधिकरणको लामो समयदेखि उठ्न बाँकी वक्यौता असुली गर्न निर्देशन दिएका छन्।
पदभार सम्हाल्दै घिसिङले व्यवसायिक समूहहरूले नतिरेको करिब सवा आठ अर्ब रुपैयाँ बराबरको डेडिकेटेड ट्रंक लाइन वक्यौता तुरुन्त असुल गर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
घिसिङ यसअघि दुई कार्यकालसम्म प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालीसकेका व्यक्ति हुन् । वक्यौता असुल गर्ने उनको कडाइलाई कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको निर्देशकमा नियुक्त गरेका थिए ।


