अबदेखि मुस्ताङ भन्सारबाट पनि आयात गर्न सकिने

अबदेखि मुस्ताङ भन्सारबाट पनि आयात गर्न सकिने

ट्याक्स खबर
मंगलवार, भाद्र ३१ २०८२
ट्याक्स खबर
मंगलवार, भाद्र ३१ २०८२
  • images

    काठमाडौँ । अबदेखि चीनको बाटो भएर मुस्ताङ भन्सार कार्यालयबाट पनि आयात गर्न सकिने भएकाे छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीतपत्र खुला गरेको हो । 

    राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गरी चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समावेश गरेको जनाएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा  अबदेखि चीनको भूभाग भई ट्रक वा रेलमार्गमार्फत प्रतीतपत्र (एलसी) प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी  र रसुवा भन्सारसँगै मुस्ताङ भन्सारबाट पनि आयात गर्न सकिने जनाइएको छ।

    नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था गरेको जनाएको छ । यसअघि चीनसँग हुने आयातमा तातोपानी र रसुवा भन्सारबाट मात्र सामान ल्याउन पाइने व्यवस्था थियो भने मंगलबारदेखि तातोपानी, रसुवा र मुस्ताङ तीनै वटै भन्सारबाट आयात गर्न सकिने भएकाे छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend