हितेन्द्रले राजीनामा नदिए बर्खास्त गर्ने तयारीमा कुलमान

हितेन्द्रले राजीनामा नदिए बर्खास्त गर्ने तयारीमा कुलमान

ट्याक्स खबर
बुधवार, आश्विन १ २०८२
ट्याक्स खबर
बुधवार, आश्विन १ २०८२
  • images

    काठमाडौं । ऊर्जामन्त्री ​​कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा नदिएमा बर्खास्त गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार उनले प्राधिकरणका प्रमुख शाक्यलाई हटाउने तयारी गरेका हुन् । यो घटनाक्रम राजनीतिक र प्राधिकरण भित्रको शक्ति समीकरणसँग जोडिएको मानिएको छ। 

    कुलमानकाे लाेकप्रयता प्राधिकरणमा पहिलो कार्यकालबाट बढेकाे थियाे ।  उनकाे पहिलाे कार्यकाललाई अत्यन्त सफल मानिएको थियो । उनको दोस्रो कार्यकाल सकिन ६ महिना बाँकी रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए। 

    सत्ता परिवर्तनसँगै ऊर्जा मन्त्री बनेका घिसिङले नेपाल विद्युत प्राधिकरणमा नेतृत्व फेरबदल गर्ने तयारी गरेको स्रोतले जनाएको छ। मन्त्री घिसिङ प्राधिकरणलाई अझ सशक्त बनाउने योजना सहित अघि बढिरहेको पनि जानकारी प्राप्त भएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend