काठमाडौं । वाणिज्य बैंकहरूले आयकर तिर्ने प्रयोजनका लागि ३ अर्ब ६६ करोड रुपैयाँ छुट्याएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा बैंकहरुले आयकर बाफत ३ अर्ब ६६ करोड रूपैयाँ भन्दा बढी रकम छुटाएका छन् ।
चालु आर्थिक वर्षको साउन महिनामा २० वटा वाणिज्य बैंकहरुले आयकर तिर्न कुल ३ अर्ब ६६ करोड ४० लाख रूपैयाँ छुटाएका छन् । यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६.९३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकहरुले आयकर तिर्न ३ अर्ब ९३ करोड ७० लाख रूपैयाँ छुटाएका थिए ।
कुन बैंकले कति रकम छुटाए आयकर तिर्न ?
साउन महिनामा राष्ट्रिय वाणिज्य बैंकले आयकर तिर्न २३ करोड ९२ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ५४.७९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले आयकर वापत १५ करोड ४५ लाख रूपैयाँ छुटाएको थियो ।
यस्तै, नेपाल बैंकले आयकर तिर्न १९ करोड २३ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३६७.८७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले आयकर वापत ४ करोड ११ लाख रूपैयाँ छुटाएको थियो ।
नबिल बैंकले आयकर वापत ३० करोड ७० लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १०.८२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले आयकर वापत ३४ करोड ४३ लाख रूपैयाँ छुटाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आयकर वापत २७ करोड ४६ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १०.९३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २४ करोड ७५ लाख रूपैयाँ छुटाएको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले आयकर वापत ११ करोड ६४ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १२.८० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १३ करोड ३५ लाख रूपैयाँ छुटाएको थियो ।
हिमालयन बैंकले आयकर वापत १८ करोड २० लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा २७.७७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले २५ करोड २० लाख रूपैयाँ छुटाएको थियो ।
नेपाल एसबीआई बैंकले आयकर वापत ६ करोड ८१ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ५८.५५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १६ करोड ४३ लाख रूपैयाँ छुटाएको थियो ।
एभरेष्ट बैंकले आयकर वापत २० करोड ७३ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १४.४० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १८ करोड १२ लाख रूपैयाँ छुटाएको थियो ।
एनआईसी एसिया बैंकले आयकर वापत १३ करोड ६८ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १९.९१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ११ करोड ४१ लाख रूपैयाँ छुटाएको थियो ।
माछापुच्छ्रे बैंकले आयकर वापत ११ करोड ३६ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ३०.९८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ८ करोड ६७ लाख रूपैयाँ छुटाएको थियो ।
कुमारी बैंकले आयकर वापत २८ करोड २४ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा २१.५८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २३ करोड २३ लाख रूपैयाँ छुटाएको थियो ।
लक्ष्मी सनराइज बैंकले आयकर वापत १६ करोड ९० लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ८.९५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १८ करोड ५६ लाख रूपैयाँ छुटाएको थियो ।
सिद्वार्थ बैंकले आयकर वापत १७ करोड ४१ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १६.४३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १४ करोड ९६ लाख रूपैयाँ छुटाएको थियो ।
कृषि विकास बैंकले आयकर वापत ५ करोड ४१ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ८३.४३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले ३२ करोड ६५ लाख रूपैयाँ छुटाएको थियो ।
एनएमबी बैंकले आयकर वापत २० करोड रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ९.२५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १८ करोड ३१ लाख रूपैयाँ छुटाएको थियो ।
प्रभु बैंकले आयकर वापत ९ करोड ८१ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ५७.४४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले २३ करोड ५ लाख रूपैयाँ छुटाएको थियो ।
सानिमा बैंकले आयकर वापत १६ करोड ७४ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा २.०२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १६ करोड ४१ लाख रूपैयाँ छुटाएको थियो ।
ग्लोबल आईएमई बैंकले आयकर वापत ३३ करोड ६२ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १२.०९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले ३८ करोड २४ लाख रूपैयाँ छुटाएको थियो ।
सिटिजन्स बैंकले आयकर वापत १२ करोड ६९ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा १३.४५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १४ करोड ६६ लाख रूपैयाँ छुटाएको थियो ।
प्राइम बैंकले आयकर वापत २१ करोड ७६ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ०.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २१ करोड ६६ लाख रूपैयाँ छुटाएको थियो ।


