करदाता प्रोत्साहन उपहार कार्यक्रमः असोजको दोस्रो पाक्षिक उपहार घोषणा आइतबार विशालबजारमा

करदाता प्रोत्साहन उपहार कार्यक्रमः असोजको दोस्रो पाक्षिक उपहार घोषणा आइतबार विशालबजारमा

शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • images

    काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक उपहार घोषणा आइतबार बिहान १० बजे काठमाडौंको विशालबजारमा हुने भएको छ।

    विभागले सार्वजनिक गरेको सूचनाअनुसार उपहार घोषणा कार्यक्रममा उपस्थित हुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

    यस कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा प्राप्त भएका बिलका आधारमा उपहार कुपनमा सहभागी हुन सकिन्छ। उक्त अवधिमा खरिद गरिएका बिलको विवरण असोज ३१ गतेभित्र विभागको आधिकारिक पोर्टल prize.ird.gov.np मा प्रविष्ट गर्नुपर्ने व्यवस्था छ। प्रविष्ट गरिएका बिलका आधारमा आइतबार उपहार कुपन खोलिने र विजेता घोषणा गरिने विभागले जनाएको छ।

    करदाता प्रोत्साहन उपहार कार्यक्रम पाक्षिक रूपमा सञ्चालन हुँदै आएको छ। यसको उद्देश्य उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गर्न प्रोत्साहित गर्नु र व्यवसायीलाई बिक्री बिल वा बीजक जारी गर्न प्रेरित गर्नु हो।

    बिलबिजकको कारोबारलाई प्रोत्साहन गर्दा व्यवसायको वास्तविक कारोबार अभिलेखमा आउने र कर प्रणालीमा पारदर्शिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बिल नलिने र बिक्रीको विवरण अभिलेखमा नराख्ने प्रवृत्ति निरुत्साहित गर्नु पनि यस्ता कार्यक्रमको उद्देश्य हो।

    कार्यक्रममा सहभागी हुन उपभोक्ताले खरिद गर्दा नगद भुक्तानी गरेको हुनुपर्नेछ। उपहार प्राप्त भएमा पुरस्कार दाबी गर्न सक्कल खरिद बिल आवश्यक पर्ने भएकाले बिल सुरक्षित राख्न विभागले आग्रह गरेको छ। त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले नियमानुसार बिल वा बीजक जारी गर्नुपर्नेछ।

    विभागले यसअघि असोज १ देखि १५ गतेसम्मको अवधिका विजेता उपभोक्ताको नामावलीसमेत सार्वजनिक गरिसकेको छ। दोस्रो पाक्षिक उपहार घोषणा भएपछि असोज महिनाको पछिल्लो अवधिमा बिल प्रविष्ट गरेका उपभोक्तामध्येबाट विजेता छनोट हुनेछन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend