पुनर्निर्माण कोषमा रकम जम्मा गर्ने योगदानकर्ताको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न मिल्ने

पुनर्निर्माण कोषमा रकम जम्मा गर्ने योगदानकर्ताको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न मिल्ने

ट्याक्स खबर
बिहिवार, आश्विन ९ २०८२
ट्याक्स खबर
बिहिवार, आश्विन ९ २०८२
  • images

    काठमाडौं । जेन जी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न सरकारले कोष स्थापना गरेको छ । यस्तो कोषमा जम्मा गरेको रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन र खर्च कट्टी गर्न समेत पाइने छ।

    सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गरिएको अर्थमन्त्रालयले जनाएको हो। 

    अर्थ मन्त्रालयले एक सुूचना जारी गर्दै नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ को निर्णयबाट भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको छ ।

    आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 

    नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकारले सबैमा आह्वान गरेको छ ।

    आर्थिक सहायता गर्न चाहने व्यक्ति तथा संस्थाहरूले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को खाता नं १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सक्ने छन् । 

    Screenshot_20250925-125231 (1).png

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend