काठमाडौँ उपत्यकाबाट एकै दिनमा एक लाख बढी सर्वसाधारण बाहिरिए

काठमाडौँ उपत्यकाबाट एकै दिनमा एक लाख बढी सर्वसाधारण बाहिरिए

ट्याक्स खबर
सोमवार, आश्विन १३ २०८२
ट्याक्स खबर
सोमवार, आश्विन १३ २०८२
  • images

    काठमाडौं । काठमाडौँ उपत्यकाबाट एकै दिनमा एक लाख बढी सर्वसाधारण बाहिरिएका छन्। बितेको २४ घण्टामा उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका हुन्।

    घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।    

    यस्तै, अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले बताएका छन् ।

    अध्यक्ष स्वारले घटस्थापना यता लाखौँ सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताए। उनले आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको बताए। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend