विद्युत् आपूर्ति नमिल्दा पोल्ट्री फार्ममा एकै रातमा १० हजार बढी कुखुरा मरे, करोडौंको क्षति

विद्युत् आपूर्ति नमिल्दा पोल्ट्री फार्ममा एकै रातमा १० हजार बढी कुखुरा मरे, करोडौंको क्षति

ट्याक्स खबर
मंगलवार, आश्विन १४ २०८२
ट्याक्स खबर
मंगलवार, आश्विन १४ २०८२
  • images

    काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका–७ हरैयापुरस्थित एपिभी एग्रो पोल्ट्री फार्ममा १० हजारभन्दा बढी कुखुरा मरेका छन् । विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा गत शुक्रबार एकै रात वर्षौको लगानी गुमेको सञ्चालक दुर्गा बोहोराले जानकारी दिए । 

    विसं २०७८ मा करिब रु सात करोड लगानीमा सञ्चालित यस फार्ममा पछिल्लो १० महिनायता १२ हजार कुखुरापालन गरिएका थिए । तीन महिनाअघिबाट अण्डा उत्पादन गरी मासिक रु १५ लाखसम्म आम्दानी भइरहेको अवस्थामा कुखुरा मर्दा करोडभन्दा बढी क्षति भएको बोहोराले बताए । 

    विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा कुखुराहरु मरेको विद्युत् प्राविधिक धीरेन्द्र शाहले बताए । उनका अनुसार कुनै बेला विद्युत् मर्मत गर्दा फेज सिक्वेन्स नमिलेकाले फार्मभित्र ग्यास फ्यान र अन्य उपकरण असामान्य रूपमा चल्दा एमुनिया ग्यास अत्यधिक भरिँदा कुखुरा निसासिएर मरेका हुन् । 

    शुक्रबार राति त्यस क्षेत्रका अन्य फार्ममा पनि यस्तै समस्या आएको थियो । शाहले भने, “सोही वडाको खप्तड ह्याचरीमा पनि फेज सिक्वेन्स नमिले समस्या आएको थियो, समयमै खबर पाउँदा राति १२ः०० बजे नै त्यहाँ पुगेर समस्या समाधान गर्दा दुर्घटना भएन ।” 

    फार्म सञ्चालक बोहोराअनुसार विद्युत् आपूर्तिमा समस्या हुँदा अत्यधिक भरिँदा ठुलो नोक्सानी बेहोर्नुपरेको गुनासो गरे । “हामी सबै सुतेका थियौँ, बिहान ४ः०० बजे मात्र फार्म हेर्दा १० हजारभन्दा बढी कुखुरा मृतावस्थामा भेटियौँ, केही बचेका छन्, ती पनि मर्ने अवस्थामा छन्”, उनले भने, “बिमा गरेको भए पनि केही राहत मिल्ने थियो, समयमा सोच्न सकिएन । अब पछुताउनुभन्दा अर्को विकल्प रहेन ।”

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend