काठमाडौं । सुनको मूल्य तोलाको २ लाख ३० हजार नाघेको छ। दसैंपछि सुनचाँदीको मूल्य बढेको हो ।
दसैंअघिको तुलनामा सुन सात हजार चार सय रुपैयाँले बढेर आइतबार दुई लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला एक सय २० रूपैयाँले बढेर २९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ३८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


