काठमाडौं। सुनको भाउ दिनप्रतिदिन आकासिँदै गएको छ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा दुई हजार ३ सयले बढेको छ । सोमबार दुई लाख ३३ हजार १ सयमा कारोबार भएको एक तोला सुनको मोल मंगलबार दुई हजार ३ सयले बढेर दुई लाख ३५ हजार ४ सय कायम भएको हो । चाँदीको मूल्य भने स्थिर छ ।
सोमबार एक तोला चाँदी दुई हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ३० हजार ६ सयमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ९३० रुपैयाँमा क्रयविक्रय भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा मंगलबार एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


