सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • images

    काठमाडाैँ । सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वसभामुख महरालाई भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराधको आरोपमा महरालाई पक्राउ गरेको हो ।

    महरालाई पक्राउ गरिएको सिआइबीले पुष्टि गरेको छ । उनी माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् । २०७९ पुस १० गते चिनियाँ नागरिकले अवैधरूपमा ल्याएको २ ओटा सुटकेशभित्र ७३ बट्टामा ७ सय ३० थान ईलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । भेपभित्र सुन रहेको खुलेको थियो ।

    उक्त सुनको मूल्य ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ आकलन गरिएको थियो । सोही भेपभित्र रहेको सुन आपराधिक समूह बनाई सङ्गठित रुपमा आपराधिक लाभ लिएको देखिएकोले महरालाई पक्राउ गरिएको सिआइबीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

    “उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ।” विज्ञप्तिमा भनिएको छ ।

    Mahara.jpeg

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend