भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा दाहाल

भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा दाहाल

ट्याक्स खबर
आइतवार, कार्तिक २ २०८२
ट्याक्स खबर
आइतवार, कार्तिक २ २०८२
  • images

    काठमाडौँ । सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि दाहाल सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न समूहको साधारणसभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । 

    एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने घोषणा गरेको छ । 

    नवनिर्वाचित अध्यक्ष दाहालले आफ्नो कार्यकाल मुलुकको आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताए । उनले नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन पनि आह्वान गरे । सभामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । वक्ताहरूले उक्त आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन ल्याएको भन्दै यसको उपलब्धिहरूको रक्षा गर्नु आजको मुख्य आवश्यकता रहेको बताए । 

    समूहका प्रतिनिधिहरूले नेपाल अहिले संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै, पछिल्ला आन्दोलनले दिएको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सबै सचेत नागरिकले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्ध र सशक्त बनाउने लक्ष्यका साथ नागरिक समूहले नयाँ अभियान सुरु गरेको जनाएका छन् ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend