दाेहाेराे करमुक्ती सम्झौताले कसरी काम गर्छ ? भारत र अमेरिकाले लिइरहेका छन् यस्ता लाभ

दाेहाेराे करमुक्ती सम्झौताले कसरी काम गर्छ ? भारत र अमेरिकाले लिइरहेका छन् यस्ता लाभ

ट्याक्स खबर
सोमवार, कार्तिक १० २०८२
ट्याक्स खबर
सोमवार, कार्तिक १० २०८२
  • images

    काठमाडौँ।  भारतले हालसम्म ८५ वटा मुलुकसँग दोहोरो करमुक्ती सम्झौता (डिटिएए) गरेको छ, जसमा संयुक्त राज्य अमेरिका पनि एक हो। यो लेखमा डिटिएए सम्झौता, याे सम्झौताबाट भारत र अमेरिकाले लिइरहेका लाभ र यसका कर सम्बन्धी प्रावधानहरूबारे जानकारी दिने छौँ।

    नेपालले दोहोरो करमुक्ती सम्झौताबाट अपेक्षित लाभ लिन नसकिरहेको अवस्थामा यो एक महत्वपुर्ण अध्यन सामाग्री बन्न सक्छ। किनभने नेपालले  पनि हालसम्म ११ मुलुकहरुसँग दोहोरो करमुक्ती सम्झौता गरेकाे छ। 

    डिटिएए भनेको के हो ?

    डिटिएए अर्थात्  दोहोरो करमुक्ती सम्झौता दुई मुलुकबीच हुने एक प्रकारको कर सम्झौता हो, जसले दुवै देशका करदाताहरूको हित संरक्षण गर्छ र व्यापार तथा लगानीलाई प्रोत्साहन दिन सहयोग पुर्‍याउँछ। यस सम्झौताले करदातालाई एउटै आम्दानीमा दुवै देशमा कर तिर्नुपर्ने अवस्थाबाट जोगाउँछ। तर, यसको अर्थ कर नतिर्ने भने होइन । डिटिएएले एउटै आम्दानीमा दोहोरो  अर्थात दुई देशमा कर तिर्न नपरोस् भन्ने मात्र सुनिश्चित गर्छ।

    यस्तो छ भारत र अमेरिकाबीचको डिटिएए सम्झौता

    भारत र अमेरिकाबीच भएको Double Taxation Avoidance Agreement (DTAA) ले दुवै देशबीच व्यापार र लगानीलाई सहज बनाउन र दोहोरो कर तिर्नुपर्ने अवस्थाबाट राहत दिन महत्वपूर्ण भूमिका खेलेको छ। यो सम्झौताले अन्तरदेशीय आर्थिक गतिविधिमा संलग्न व्यक्ति तथा कम्पनीहरूलाई स्पष्टता र कानुनी सुनिश्चितता प्रदान गरेको छ।

    डिटिएएले कसरी काम गर्छ ?

    डिटिएएले कसरी काम गर्छ ? भन्ने कुरा एउटा उदाहरणबाट बुझौँ । उदाहरणका लागि – राम भारतका निवासी हुन् र अमेरिकामा काम गर्छन्। उनले अमेरिकाबाट प्राप्त गरेको पारिश्रमिकमा अमेरिकाले संघीय कर (Federal Tax) लगाउँछ। तर उनी भारतका कर निवासी भएकाले सो आय भारतमा पनि करयोग्य हुन्छ। यस्तो स्थितिमा रामले भारत वा अमेरिका एक देशमा मात्र कर तिरे पुग्छ ।  

    डिटिएए अन्तर्गत करदाताले एउटै आम्दानीमा दुवै देशमा कर तिर्न नपर्ने सुविधा पाउँछन्। यसमा दुई  तरिकाले कर सुविधा दिन सकिन्छ।  अमेरिकामा कमाइएको सम्पूर्ण आम्दानी भारतमा करमुक्त गर्नु, वा अमेरिकामा तिरेको करको क्रेडिट भारतमा कर विवरणमा समायोजन गर्नु।

    भारत र अमेरिका बीचको कर सम्झौताले अमेरिकामाले Internal Revenue Code अन्तर्गत लगाउने Federal Income Tax र भारतले लगाउने आयकरलाई समेटेको छ। भारत सरकारकाे आयकर विभागका अनुसार भारतमा अमेरिकी करदाताका लागि TDS दर १५% तोकिएको छ।

    डिटिएएबाट भारत र अमेरिकाले लिइरहेका छन् यस्ता लाभ :

    डिभिडेन्ड आम्दानीमा : यदि अमेरिकी कम्पनीले भारतीय निवासीलाई डिभिडेन्ड तिर्छ भने, यो आम्दानी भारतमा करयोग्य हुन्छ। डिभिडेन्ड कर १०% भन्दा बढी शेयर भएको कम्पनीका लागि अधिकतम १५% र अन्य अवस्थामा २५% सम्म रहेको छ।

    व्याज आम्दानीमा : व्याज आम्दानी उत्पन्न भएको देशमा कर तिर्न सकिन्छ तर कर दर अधिकतम १०–१५ % सम्म सीमित हुन्छ।

    प्राध्यापक वा अनुसन्धानकर्ता : यदि कुनै शिक्षक वा अनुसन्धानकर्ता २ वर्षभन्दा कम अवधिका लागि अर्को देशमा बसोबास गर्छ भने, उसको आम्दानी करमुक्त हुन्छ।

    भारतमा राहत : अमेरिकी आम्दानीमा अमेरिकामा तिरेको कर भारतमा कटौती गर्न सकिन्छ । 

    अमेरिकामा राहत : अमेरिकी करदाताले भारतमा तिरेको कर वा भारत सरकारले पाएको डिभिडेन्ड कर रकमलाई अमेरिकी करबाट क्रेडिट गर्न सक्छ।

    यसरी भारत र अमेरिकाले  दोहोरो करमुक्ती सम्झौताबाट लाभ लिइरहेका  छन् । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend