काठमाडौं । सुनको मूल्य ओरालो लागेको छ। सोमबार छापावाल सुनको मूल्यमा २ हजार रूपैयाँले घटेको हो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर २ हजार १८० रूपैयाँ कायम भएको छ ।


