काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाँदै छन् । पत्नि आरजु राणासहित उनी आज साँझ सिंगापुर जान लागेका हुन् । केहि दिनदेखि नै उनी विदेश जाने चर्चा थियो । देउवाले बिदाको समयमा पासपोर्ट बनाएको विषयले समेत चर्चा पाएको थियो ।
देउवा आफ्नो नियमित चेकअपको लागि सिंगापुर जान लागेका बुझिएको छ । केहि समय उपचार गरेर बस्ने र नेपाल फर्कने कार्यक्रम रहेको छ ।
जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित उनकै निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा गत असाेज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए। देउवाले सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।


