सत्र करोडको लागतमा कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

सत्र करोडको लागतमा कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

ट्याक्स खबर
बिहिवार, कार्तिक २० २०८२
ट्याक्स खबर
बिहिवार, कार्तिक २० २०८२
  • images

    पर्वत। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने मोटर सञ्चालनयोग्य पक्की पुलको प्रारम्भिक प्रक्रिया सुरु भएको छ।

    गण्डकी प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा–२ नयाँपुल र बागलुङ–१३ कालाखोलालाई जोड्दै १०० मिटर लामो पुल निर्माण कार्य सुरु गरेको हो।

    पुलको कुल लागत रु १६ करोड ९५ लाख २५ हजार निर्धारण गरिएको छ। हाल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ। माटो परीक्षणको प्रतिवेदन प्राप्त भएसँगै निर्माण कार्य सुरु गरिनेछ।

    निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त पुल निर्माणका लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण सम्पन्न गरिनुपर्नेछ। निर्माण हुने पुल १०० मिटर लामो र ११ मिटर चौडाइको हुनेछ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend