‘रोजगारी र विकासमा निजी क्षेत्र र सरकार साझेदार हुन्’: अर्थमन्त्री खनाल

‘रोजगारी र विकासमा निजी क्षेत्र र सरकार साझेदार हुन्’: अर्थमन्त्री खनाल

ट्याक्स खबर
आइतवार, कार्तिक २३ २०८२
ट्याक्स खबर
आइतवार, कार्तिक २३ २०८२
  • images

    काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले रोजगारी सिर्जना र आर्थिक विकासमा निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य भएको बताएका छन्।

    उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै उनले भने, “म सुरुदेखि निजी क्षेत्रसँग समन्वयमा छु। अर्थ मन्त्रालयले कुरा सुन्छ, छलफल गर्छ र कार्यान्वयन गर्छ। निर्णय गर्न मन्त्रालय हिच्किचाउँदैन।”

    खनालले व्यावसायिक वातावरण सुधारका लागि भन्सार प्रणाली सरल बनाउने काम सुरु गरिएको जानकारी दिए। उनका अनुसार, कर तिर्ने र करसम्बन्धी सेवा अब ७७ जिल्लामा विस्तार हुने निर्णय भएको छ र वर्षभित्रै ७५३ स्थानीय तहसम्म प्रक्रिया पुर्‍याइनेछ।

    उनले व्यावसायिक आवाज उठाउने क्रममा हिंसा र तोडफोडजस्ता गतिविधि अन्त्य गर्नुपर्नेमा पनि जोड दिए। “सूचना प्रवाहमा निजी क्षेत्र सक्रिय छ, तर गलत सूचनाका नतिजा देशले भोगिसकेको छ,” उनले भने।

    मन्त्री खनालले सरकार समन्वयकारी भूमिकामा रहेको भन्दै सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए। “निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति सबैको हो। सबै मिलेर तोकिएको समयमा निर्वाचन गरौं र व्यवसायमैत्री वातावरण बनाऔं, भविष्य उज्यालो छ,” उनले जोड दिए।

    उनका अनुसार, सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ गर्दै लगानी अनुकूल वातावरण, पारदर्शी नीति र दीर्घकालीन आर्थिक विकास सुनिश्चित गर्न प्रतिबद्धता जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend