काठमाडौं। संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालका अनुसार गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनले ५५ जिल्लाका ५१४ स्थानीय तहमा ठूलो क्षति पुर्याएको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन।
कुल क्षति रु ७८ अर्ब ५१ करोडसम्म पुगेको उनले बताए। निजी क्षेत्रमा मात्रै करिब रु ३६ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको पनि जानकारी दिएका छन् । निजी क्षेत्रबाट रु २३ अर्ब बराबरको बीमा दाबी परिसकेको र ४०० बढी दाबी भुक्तानी प्रक्रियामा रहेको उनको भनाइ छ।


