एक महिनामा पाथीभरामा ३४ लाख ४८ हजारभन्दा बढी भेटी संकलन

एक महिनामा पाथीभरामा ३४ लाख ४८ हजारभन्दा बढी भेटी संकलन

ट्याक्स खबर
सोमवार, मंसिर १ २०८२
ट्याक्स खबर
सोमवार, मंसिर १ २०८२
  • images

    ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा कात्तिक महिनामा मात्र ३४ लाख ४८ हजार ५०० रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार दर्शनार्थीको भीड बढेका कारण यस महिनामा भेटी रकम समेत उल्लेख्य रूपमा वृद्धि भएको हो।

    समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार कात्तिक महिनालाई पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिने भएकाले भक्तजनको आगमन उच्च रह्यो। यही कारण भेटी संकलनमा पनि वृद्धि देखिएको उनले बताए।

    समितिले भक्तजनले चढाएको नगद भेटी नेपाल प्रहरीको रोहबरमा संकलन गरी सुरक्षित रूपमा पोकामा लाहा छाप लगाएर फेदीमा ल्याउने गरेको छ। फेदीमा करिब एक सातासम्मको भेटी संकलनपछि फुङलिङस्थित कार्यालयमा लगेर दैनिक गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको छ। भेटी गणना कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा गरिन्छ।

    समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक महिनामा ४२ हजार २६१ जना तीर्थयात्री पाथीभरा पुगेका छन्। पाथीभरा मन्दिरसम्म पुग्न करिब पाँच किलोमिटर पदयात्रा गर्नुपर्छ, भने काफ्ले पाटीसम्म सवारी साधन सहजै प्रयोग गर्न सकिन्छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend