रोकिएन एनपिएलमा सट्टाबाजी, आठ भारतीय पक्राउ

रोकिएन एनपिएलमा सट्टाबाजी, आठ भारतीय पक्राउ

ट्याक्स खबर
आइतवार, मंसिर ७ २०८२
ट्याक्स खबर
आइतवार, मंसिर ७ २०८२
  • images

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गरेको आरोपमा प्रहरीले आठ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश, प्रकाशम जिल्लाका पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसल रहेका छन्।

    उनीहरू प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत 'बेटाकुलर लाइभ' नामक साइटबाट खेलको हार–जित अनुसार रकम लगानी गरी सट्टाबाजीमा संलग्न थिए। उनीहरूलाई बल्खुबाट पक्राउ गरिएको हो।

    पक्राउ परेका व्यक्तिहरूको साथमा १५ ओटा मोबाइल फेला परेका थिए। प्रहरीले ती मोबाइलको प्रविधियुक्त जाँच गरी, मुलुकी अपराध संहिता २०७४, दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाएको छ।

    यसअघि प्रहरीले सोहि आरोपमा एक जना नेपाली महिला र १ भारतीय पुरूषलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend