सार्वजनिक ऋण सवा २७ खर्ब नाघ्यो, भुक्तानी कति?

सार्वजनिक ऋण सवा २७ खर्ब नाघ्यो, भुक्तानी कति?

ट्याक्स खबर
मंगलवार, मंसिर ९ २०८२
ट्याक्स खबर
मंगलवार, मंसिर ९ २०८२
  • images

    काठमाडौं। सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड र बाह्य ऋण १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ। यस अनुसार सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत पुगेको छ।

    चालु आर्थिक वर्षमा सरकारले जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर चार महिनामा मात्र १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ। यस अनुसार बार्षिक लक्ष्यको २३.२९ प्रतिशत मात्र ऋण प्राप्त भएको देखिन्छ।

    कात्तिक मसान्तसम्म प्राप्त १ खर्ब ३८ अर्ब ७५ करोडमध्ये १ खर्ब ५० अर्ब ८८ करोड भुक्तानी गरिएको छ। भुक्तानीमा कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा (principal) र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ।

    सार्वजनिक ऋणको ब्याज भुक्तानी चालु खर्चमा समावेश हुने भएकाले चार महिनामा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकमबाट साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड घटाइन्छ। त्यसमाथि विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण ४४ अर्ब २२ करोड थप हुँदा दुई महिनामा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण बढेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend