मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

ट्याक्स खबर
बुधवार, मंसिर १० २०८२
ट्याक्स खबर
बुधवार, मंसिर १० २०८२
  • images

    जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका छन्।

    आज पत्रकार सम्मेलन गरी पहिलो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले प्रदेशभरि स्नातक उत्तीर्ण र बेरोजगार रहेका युवालाई मासिक दुई हजार रुपैयाँ दिने निर्णय गरिएको बताए।

    १८ देखि ३५ वर्ष उमेरसमूहका स्नातक उत्तीर्ण तर कुनै रोजगारीमा नरहेका युवालाई जीवन निर्वाहका लागि मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराइने निर्णय लागू गरिनेछ। प्रदेशमा करिब एक लाख ५० हजार यस्ता बेरोजगार युवा रहेको अनुमान गरिएको छ।

    त्यसैगरी, खडेरी र बाढी–डुबानका कारण धानबालीमा भएको क्षतिपूर्ति स्वरूप किसानलाई प्रतिकट्ठा १ हजार ५०० रुपैयाँ राहत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। मुख्यमन्त्री यादवका अनुसार किसानलाई राहत वितरणमा करिब ३६ करोड र बेरोजगार युवालाई भत्ता वितरणमा करिब ३५ करोड खर्च हुने अनुमान छ।

    यस वर्ष लामो समयको खडेरीपछि असोजमा परेको अविरल वर्षाले मधेसका किसान फेरि डुबानबाट प्रभावित भएका थिए। मनसुन अवधिभरको गम्भीर खडेरीका कारण प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्रसमेत घोषणा गरेको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend