काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो।
यसअघि कात्तिक २२ गते सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर विभिन्न महत्त्वपूर्ण कागजातहरू पनि बरामद गरेको थियो।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएको ९८ करोड रुपैयाँ ठगीसम्बन्धी उजुरीका आधारमा सीआईबीले हाल अनुसन्धान अघि बढाइरहेको जनाएको छ। शेरचन माथि प्रभु म्यानेजमेन्टको अध्यक्ष हुँदा रेमिटेन्स मार्फत आएको रकम विभिन्न सहकारीहरूलाई भुक्तानी नदिई अपचलन गरेको आरोप छ।


