लगानीकर्ताको मनोबल सुधार्न राज्यले तत्काल कदम चाल्नुपर्छ : निजी क्षेत्रका अगुवा

लगानीकर्ताको मनोबल सुधार्न राज्यले तत्काल कदम चाल्नुपर्छ : निजी क्षेत्रका अगुवा

सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • images

    काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै निजी क्षेत्रका अगुवाहरूले लगानी वातावरण सुधार, सुशासन र आर्थिक नीतिमा स्थिरता कायम गर्न राज्यले तत्काल र निर्णायक कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले खस्किरहेको लगानीकर्ताको मनोबल पुनःस्थापना गर्न राज्यले तुरुन्त र प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताए। पाण्डेका अनुसार, “बाह्य क्षेत्र राम्रो छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, ब्याजदरमा सुधार आएको छ। तर लगानी बढ्न सकेको छैन। समग्र अर्थतन्त्रमा असर नपुगोस् भन्न आर्थिक क्षेत्रका सबै समस्याको समाधान आवश्यक छ।” उनले आर्थिक समृद्धिका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र लगानीमैत्री वातावरण अपरिहार्य रहेको पनि जोड दिए।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले कोभिड–१९ पछि मुलुकको अर्थतन्त्र पूर्ण रूपमा सुधार हुन नसकेको उल्लेख गर्दै औद्योगिक प्रतिष्ठानहरू सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको बताए। उनले निजी क्षेत्रको मनोबल लगातार खस्किरहेको र लगानी सुरक्षाको स्पष्ट प्रत्याभूति राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

    अध्यक्ष अग्रवालका अनुसार युवाहरूको ठूलो संख्यामा विदेश पलायन, उद्यमी तथा व्यवसायीहरूको कालोसूचीमा पर्नु, कर्जा प्रवाहमा कठिनाइ र कर प्रणालीको जटिलताले व्यवसायीहरूमा निराशा सिर्जना गरेको छ। 

    उनले सरकारलाई केही तात्कालिक कदम चाल्न सुझाव पनि प्रस्तुत गरे। कर्जाको पुनर्संरचना प्रभावकारी रूपमा लागू गर्ने, चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन खारेज गर्ने,मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली बहुदर राखी सरल बनाउने, नकारात्मक सूचीबाहेकका वस्तुमा अन्तःशुल्क दर घटाउने, निर्यात अनुदान निरन्तरता दिने, सहकारी संकट समाधानका लागि उधारो असुलीसम्बन्धी कानुन निर्माण गर्नुपर्न सुझाव दिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend