भारतीय ठूला नोट नेपाल र भुटानमा चल्ने, भारतले हटायो प्रतबन्ध, नेपालले फुकुवा गर्न बाँकी

भारतीय ठूला नोट नेपाल र भुटानमा चल्ने, भारतले हटायो प्रतबन्ध, नेपालले फुकुवा गर्न बाँकी

ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
  • images

    काठमाडौं। भारतीय रिजर्भ बैंक (आरबीआई) ले नेपाल सहित भुटानमा पनि १ सय रुपैयाँभन्दा माथिका भारतीय मुद्रा प्रचलनमा लगाइएको प्रतिबन्ध हटाएको छ। भारतीय राजपत्रमार्फत सूचना जारी गर्दै आरबीआईले अब ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा प्रयोग गर्न सकिने स्पष्ट गरेको हो।

    भारतले २०१६ मा नोटबन्दीपछि २ हजार दरका नयाँ नोट बजारमा ल्याएको थियो। नयाँ नोट प्रचलनमा ल्याएको भएपनि भारत बाहेकका मुलुकमा १ सय दरका नोट बाहेक अन्य नोट प्रचलनमा रोक लगाएको थियो। यसले भारतमा रहेका नेपाली समुदाय तथा विद्यार्थीलाई असहज हुँदै आएको थियो। भारतले प्रतिबन्ध हटाएपनि नेपालले भने उक्त प्रतिबन्ध हटाई सकेको छैन।

    तर २०२३ देखि उक्त नोट छापिन छाडेपछि हाल भारतमा १ सय २ सय र ५ सय दरका नोटहरू नै नियमित रूपमा चलनमा रहेका छन्। नयाँ व्यवस्था अनुसार, नेपाल यात्रा गर्ने भारतीय नागरिकले २५ हजार भारतीय रुपैयाँसम्म साथमा ल्याउन सक्ने प्रावधान यथावत् कायम रहनेछ।

    नेपाल–भारतबीचको खुला सीमाका कारण १ सयभन्दा माथिका नोट नचल्दा नेपाल भित्रिने भारतीय पर्यटक तथा भारत हुँदै आउने विदेशी यात्रुहरूले असहजता भोग्दै आएका थिए। प्रतिबन्ध हटेसँगै नेपाल–भारत यात्रा अझ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend