ईयुले कार्बन सीमा कर विस्तार गर्दै, आयातित वाशिङ मेसिनदेखि घरेलु उपकरणमा कर बढाउने,  निर्यातमा अनुदान

ईयुले कार्बन सीमा कर विस्तार गर्दै, आयातित वाशिङ मेसिनदेखि घरेलु उपकरणमा कर बढाउने,  निर्यातमा अनुदान

ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
  • images

     ब्रसेल्स। युरोपेली संघ (ईयु) ले आफ्नो “कार्बन सीमा समायोजन कर” (सीबीएएम) को दायरा विस्तार गर्दै अब बगैँचा उपकरण (garden tools), कारका ढोका, वाशिङ मेसिन, भान्साघरमा प्रयोग हुने चुलो–भान्सा (kitchen stoves) जस्ता सामग्रीहरूलाई पनि करयोग्य सूचीमा समावेश गर्ने तयारी गरेको छ। यस कदमको उद्देश्य उच्च कार्बन (carbon-intensive) सामानहरू आयातमार्फत सस्तो दरमा भित्रिने र ईयुका उद्योगलाई कमजोर बनाउने सम्भावनालाई रोक्नु हो।

    सीबीएएम विस्तार किन?

    ईयु को उद्योगले घरेलु स्तरमा कडा वातावरणीय नियमअनुसार कार्बन उत्सर्जनका लागि प्रति टन करिब ८० युरो तिर्नुपर्छ। त्यस्तै उद्योगलाई सस्तो आयातले प्रतिस्पर्धामा कमजोर नबनाओस् भनेर ईयु ले सिमानामा नै कार्बन कर लगाउन थालेको हो।

    हाल सीबीएएम इस्पात, एलुमिनियम, मलजस्ताहरू गरी सात उद्योगमा सीमित छ। आगामी समायोजनपछि यसले "डाउन्स्ट्रिम" (finished products) मा पनि कर लगाउनेछ, जसले कर छल्न तुर्की वा छिमेकी देशमा प्रशोधन केन्द्र खोलेर ईयु मा तयार सामान भित्र्याउने प्रवृत्तिलाई रोक्नेछ।

    चीन–भारतको आलोचना

    सीबीएएम लाई चीन र भारतले एकतर्फी व्यापारिक कदम भनेर आलोचना गर्दै आएको छ। तर ईयु ले यसले अन्य मुलुकलाई पनि कार्बन मूल्य निर्धारण प्रणाली तयार गर्न प्रेरित गरेको दाबी गरेको छ। चीन र भारत दुवैले आफ्नो उत्सर्जन व्यापार प्रणाली विस्तार गरिरहेका छन्, जबकि ब्राजिल लगायत केही ल्याटिन अमेरिकी मुलुकहरूले पनि सीबीएएमको प्रभाव स्वीकार गर्दै कार्बन मूल्य निर्धारणतर्फ अगाडि बढिरहेका छन्।

    उद्योग क्षेत्रका चिन्ता

    सीबीएएम विस्तारप्रति केही उद्योगहरू सतर्क छन्। युरोपेली कार उद्योग सङ्घले आपूर्ति शृङ्खला लागत बढ्ने र कागजी झन्झट बढ्ने चेतावनी दिएको छ। सोलार पावर अफ युरोपले विस्तार क्रमशः गर्नुपर्ने, नत्र सामान अभाव वा भाउ बढ्ने जोखिम रहेको जनाएको छ। गृह उपकरण उत्पादकहरूको संघले भने विस्तारले समान प्रतिस्पर्धा सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।

    कर दर निर्धारणमा अझै छलफल

    ईयु आयोगले सीबीएएमको कर कसरी गणना गर्ने भन्ने छुट्टै प्रक्रियामा काम गरिरहेको छ। प्रारम्भिक प्रस्तावमा केही देशहरूलाई अत्यधिक छुट दिएको भन्दै धेरै उद्योगले आपत्ति जनाएको छ।

    निर्यातकर्ताका लागि अनुदान

    समीक्षाले ईयु निर्यातकर्तालाई तेस्रो देशमा कम–मूल्य र बढी–उत्सर्जन भएका प्रतिस्पर्धीले नछिचोलून् भनेर सब्सिडी योजना पनि ल्याउनेछ। तर उक्त योजनाको वित्तीय स्रोतबारे अझै आन्तरिक सहमति बनेको छैन किनकि सीबीएएमबाट उठ्ने राजस्व अन्य बजेटमा पहिले नै विनियोजन गरिएको छ।

    प्रस्ताव कहिले आउँदैछ?

    समीक्षा प्रतिवेदन १० डिसेम्बरमा सार्वजनिक गर्ने तयारी थियो तर आन्तरिक छलफलका कारण करिब एक हप्ता ढिलो हुने बताइएको छ। यद्यपि ईयु अधिकारीहरूका अनुसार आयातकर्ताले १ जनवरीदेखि कर तिर्नु पर्ने भएकाले प्रस्ताव पनि यही वर्षभित्र सार्वजनिक हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend