काठमाडौँ। सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार रुपैयाँ दरका ९५ थान नक्कली नोटसहित एक युवक पक्राउ परेको छ।
भारतबाट नेपालतर्फ ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा आउँदै गर्दा कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको टोलीले बुधबार राति खानलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


