भिजिट भिसा प्रकरण: सहसचिवसहित ७ जनामाथि मुद्दा, भट्टराई सम्पत्ति शुद्धीकरणमा पनि फसे

भिजिट भिसा प्रकरण: सहसचिवसहित ७ जनामाथि मुद्दा, भट्टराई सम्पत्ति शुद्धीकरणमा पनि फसे

ट्याक्स खबर
बिहिवार, मंसिर २५ २०८२
ट्याक्स खबर
बिहिवार, मंसिर २५ २०८२
  • images

    काठमाडौं। भिजिट भिसा दुरुपयोग प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित सात व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराईसँगै अध्यागमन अधिकृत यज्ञराज अर्याल, बालकृष्ण खड्का, राम खड्का, कविता पौडेल, घरजग्गा व्यवसायी खेम सुवेदी तथा ग्रिनलाइन होलिडे प्रालिलगायत एक अन्य कम्पनीलाई प्रतिवादी बनाएको छ।

    घुस–रिसवतसम्बन्धी मुद्दामा भट्टराईविरुद्ध ७९ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। त्यस्तै, सहसचिव भट्टराई, कविता पौडेल र खेम सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण आरोपमा १ करोड ३ लाख ७९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

    गत जेठको पहिलो सातादेखि सहसचिव भट्टराई पक्राउ परेसँगै प्रकरणको अनुसन्धान अघि बढाइएको थियो। यस प्रक्रियामा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम जोडिए पनि अख्तियारले उनलाई प्रतिवादीमा समावेश गरेको छैन।

    भिजिट भिसाका नाममा रकम असुलेर युवाहरूलाई विदेश पठाइने गरेको आरोप बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेको थियो। त्यसपछि सरकारले असार ९ गते पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

    सहसचिव भट्टराईलाई लेखक गृहमन्त्री बनेको करिब दुई महिनामै त्रिभुवन विमानस्थलमा पदस्थापन गरेका थिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend