नागरिकलाई अधिकार दिनु सरकार कमजोर हुनु होइन : अर्थमन्त्री खनाल

नागरिकलाई अधिकार दिनु सरकार कमजोर हुनु होइन : अर्थमन्त्री खनाल

ट्याक्स खबर
आइतवार, मंसिर २८ २०८२
ट्याक्स खबर
आइतवार, मंसिर २८ २०८२
  • images

    ललितपुर। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकारसम्पन्न बनाउँदा सरकार कमजोर नहुने बताएका छन्।

    आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनको उद्घाटन कार्यक्रममा खनालले समावेशी लोकतन्त्रको आधार नागरिकका अधिकार सुनिश्चित गर्नु भएको बताएका छन्। उनका अनुसार आदिवासी जनजाति समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षणमा अब ढिलाइ गर्न नहुने अवस्था आएको छ।

    आदिवासी जनजातिको पहिचान संरक्षणका लागि विशेष नीति र कानुनी व्यवस्था आवश्यक रहेको भन्दै खनालले अधिकार सुनिश्चित गर्न विशेष ऐन आवश्यक पर्ने बताए। संवैधानिक प्रावधानको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ।

    आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण तथा स्वायत्त वा संरक्षित क्षेत्रसम्बन्धी व्यवस्था अझै कार्यान्वयन हुन नसकेको बताए। यस किसिमका ज्ञान सम्मेलनले आदिवासी जनजाति समुदायलाई सशक्त बनाउने र सरकारलाई संविधान कार्यान्वयनतर्फ अघि बढ्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

    आदिवासी जनजाति आयोगले सुरु गरेको ज्ञान सम्मेलन सोमबार सम्पन्न हुने जनाएको छ। सम्मेलनमा संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण र स्वायत्ततासम्बन्धी विषयमा छलफल हुनुका साथै विषयगत कार्यपत्र प्रस्तुत गरिनेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend