व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ:घिमिरे

व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ:घिमिरे

ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
  • images

    काठमाडौं। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध र सक्रिय रूपमा लागिरहेको बताएका छन् ।

    नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए ।

    सचिव घिमिरेले आपूर्ति व्यवस्थापन सहज बनाउन नीतिगत सुधारका महत्वपूर्ण कदम चालिएको उल्लेख गर्दै व्यवसायीले उठाएका मागलाई चरणबद्ध रूपमा सम्बोधन गर्दै जाने सरकारको प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न चाहेको बताए । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज र नियमित बनाउन निगम निरन्तर प्रयासरत रहेको उनले बताए ।

    कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्द र पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट ग्यास आयातका लागि पाइपलाइन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, ग्यास आयातमा लगाइँदै आएको दोहोरो कर हटाउन सरकारसँग आग्रह गरे ।

    नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतले व्यवसायीले भोग्दै आएका समस्या क्रमशः समाधान गर्दै जानुपर्नेमा जोड दिए । उनीहरूले मुलुकमा स्पष्ट र स्थिर व्यावसायिक नीति आवश्यक रहेको मागसमेत राखे ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend