करिब छ महिनापछि रसुवागढी नाका पुनः सञ्चालनमा

करिब छ महिनापछि रसुवागढी नाका पुनः सञ्चालनमा

ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
  • images

    रसुवा। नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका करिब छ महिनापछि आजबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ। प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाउँदा नाका पूर्ण रूपमा बन्द भएको थियो।

    नाका पुनः सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लामो बेलिब्रिज निर्माण गरेको छ, जसको भारवहन क्षमता ५५ टन रहेको छ। यसपछि सवारीसाधन सञ्चालनमा आएका छन्। सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए अनुसार, केरूङ नाका खुलिसकेपछि आठ नेपाली कन्टेनर चिनियाँ सामान लिएर केरूङतर्फ प्रस्थान गरिसकेका छन् भने केही सवारीसाधन तयारी अवस्थामा रहेका छन्।

    सामान आयातमा करबाट सङ्कलन हुने राजस्वमा पनि ठूलो असर परेको छ। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार, गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा हालसम्म करिब २२ अर्ब रुपैयाँ बढी घाटा भइसकेको छ।

    स्याफ्रुबेँसी–सुवागढी सडक खण्ड जीर्ण हुनुले मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ पुगेको र सम्भावित दुर्घटना न्यूनीकरणका लागि आवश्यक ध्यान दिन सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ। गत असारको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरे पनि सुधार आयोजनाले ट्र्याक मात्र खोल्न सक्दा सवारीसाधकहरूले जोखिम महसुस गरेका थिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend