भरतपुरमा भूमिगत विद्युतीकरण ८३ प्रतिशत सम्पन्न

भरतपुरमा भूमिगत विद्युतीकरण ८३ प्रतिशत सम्पन्न

ट्याक्स खबर
शुक्रवार, पौष १८ २०८२
ट्याक्स खबर
शुक्रवार, पौष १८ २०८२
  • images

    चितवन। भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ। मुख्य राजमार्गका केही स्थान बाहेक अधिकांश क्षेत्रमा काम सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्मको खण्डमा लाइन जडानको काम बाँकी रहेको आयोजना प्रमुख इञ्जिनियर आनन्द सुवेदीले बताए। पाइप, उपकरण जडान र फाउन्डेसन निर्माण सम्पन्न भइसकेको र बाँकी कामसँगै घरजोडी पनि भइरहेको उनले जानकारी दिए। आयोजनालाई फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

    केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडक खण्डमा सुरुमा ३३ केभी लाइन मात्रै भूमिगत गर्ने भनिए पनि हाल ११ केभी र ४०० भोल्ट लाइनसमेत भूमिगत गरिने भएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend